बुढाथोकीलाई एभरेस्ट इन्स्योरेन्सको सहयोग

एभरेस्ट इन्स्योरेन्स लिमिटेडले कारोबार राष्ट्रिय आर्थिक दैनिकका पत्रकार गजेन्द्र बुढाथोकीलाई स्कुटर सहयोग प्रदान गरेको छ । गत वर्ष मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार बुढाथोकीलाई आफ्नो व्यावसायिक जीवनमा सहयोग पुरयाउन एभरेस्ट इन्स्योरेन्सले चारपाङ्ग्रे सवारी साधन उपलब्ध गराएको हो । बुढाथोकी लामो उपचारपछि हाल व्यावसायिक जीवनमा फर्केका छन् । उनी कारोबार आर्थिक दैनिकसँग आबद्ध छन् ।

http://sarokar.com.np Read More…

हाम्रो दर्पणले घर सर्र्यो sarokar.com

sarokar.com

नेपालमा अपांगताका क्षेत्रमा एकीकृत ढंगबाट समाचार लेख तथा विश्लेषणहरु प्रस्तुत गर्ने उद्देश्य राखेर सञ्चालित यस ब्लगलाई अब औपचारिक रुपमा समाचार पोर्टलमा विकास गरिएको छ । यसका लागि सरोकार डटकम नामक छुट्टै समाचार पोर्टल बनाइएको छ । कृपया  http://sarokar.com.np का लागि समाचार तथा लेखहरु उपलब्ध गराई सहयोग गरिदिन आग्रह गर्दछौं ।  लेख रचना तथा सुझावका लागि gbudhathoki@gmail.com

Its official now,  sarokar.com is the first nepali news portal dedicated to all phisically challenged peoples of Nepal.

दृष्टिविहिनलाई विस्तारा वितरण

स्याङ्जा, कार्त्तिक–१७

स्याङ्जाको फेदिखोला गाउं विकास समिति वार्ड नं. १ मा रहेको कालाभैरव माध्यामिक विद्यालयको दृष्टिविहिन कक्षामा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई विस्तारा वितरण गरिएको छ।
कास्कीको पोखरा स्थित गोनेशा नाम संस्थाको सहयोगमा विस्तारा वितरण गरिएको हो। कालाभैरव माध्यामिक विद्यालयको दृष्टिविहिन कक्षामा अध्ययनरत १० विद्यार्थीहरुलाई ११ थान विस्तारा वितरण गरिएको विद्यालयले जनाएको छ।
त्यस अवसरमा गोनेशा पोखराका निर्देशक रामप्रसाद पौडेल, डा. सुशान, जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपसचिव हेमनारायण चापागाई, नेत्रहिन संघ कास्कीका अध्यक्ष तथा केन्द्रिय सदस्य शिशिर शर्मा, नेत्रहिन संघ स्याङ्जाका अध्यक्ष विष्णु खनाल लगाएतका वक्ताहरुले बोल्नुभएको थियो।

प्रकाश डोटेल

अपांगको कोटामा सपांग

यस्तालाई कसले पाता कस्ने हो?

नक्कली प्रशिक्षार्थीहरु पक्राउ परेका समाचार त सार्वजनिक भइरहन्छन्। नक्कली सर्टिफिकेटको कुरा पनि नौलो होइन। तर, भरखरै अपांगको कोटामा एक जना सपांग व्यक्तिले नाम निकालेको घटना सार्वजनिक भएको छ। त्यो पनि लोकसेवाले लिने अधिकृत स्तरको पदमा। प्यूठान घर भएका वासुदेव आचार्यले यसरी अपाङको कोटामा हालै अधिकृतमा नाम निकालेका हुन्।
लोकसेवा आयोगले प्रशासन सेवामा खुलातर्फ अधिकृतका लागि दुईवटा कोटा अपाङलाई छुट्याएको थियो। त्यसमा एकजना दृष्टिविहीन निशा अधिकारीले नाम निकालेकी छन् भने अर्काे आचार्यले नाम निकालेका हुन्। तर, आचार्य कुनै पनि प्रकारको अपांगको नभएको खुलेको छ। नक्कली अपांग परिचयपत्रकै आधारमा उनले अपांगको कोटामा नाम निकालेको बताइएको छ। यस विषयमा लोकसेवा आयोगमा उजुरी समेत परिसकेको छ। आयोगले यस विषयमा छानबिन गरिरहेको बताएको छ।
आचार्यले आफूमा खुट्टा दुख्ने समस्या रहेकाले आफू अपांग भएको दाबी गरेका छन्। तर, सामान्य खुट्टा दुखेको व्यक्तिले कसरी अपांगता परिचयपत्र प्राप्त गरे भन्ने कुरा पनि उठेको छ। स्रोतका अनुसार, उनले पहुँचका भरमा अपांग कोटामा नाम निकाल्नकै लागि उक्त परिचयपत्र बनाएका थिए। आचार्य स्वाथ्य सेवामा पाँचौ तहका कर्मचारी हुन्। यसभन्दा अघि उनले अपांगताको कुनै सुविधा नलिएको र परिचयपत्र पनि नभएको बताइएको छ। अधिकृतका लागि अपांग कोटाको लिखित परीक्षा साउन १५ मा र मौखिम परीक्षा भदौ ३ गते सम्पन्न भएको थियो।
अन्तर्वार्ताका क्रममा समेत उनले आफू अपांग भएको नाटक गरेर लोकसेवाका पदाधिकारीलाई छक्याएको बताइएको छ। आयोगमा प्रवक्ता डा. निरञ्जन उपाध्ययले भने उक्त विषयमा परेको उजुरीमा आयोगले छानबिन गरिरहेके बताए। यस विषयमा सर्वाेच्च अदालतमा समेत शुक्रबार मुद्दा हालिएकोे छ। नतिजा खारेज गर्न म्ँाग मार्दै सोही पदका लिखिततर्फ नाम निकालेका प्रशिक्षार्थीहरुले मुद्दा हालेका हुन्।
सरकारले निजामती प्रशासनमा सबै तह र वर्गका सर्वसाधरणको पहुँच पुर्यानउन सबै सेवामा कोटा प्रणाली लागू गरेको थियो। तर, यसरी अपांग कोटामा सपांगले नाम निकालेपछि अपांगहरु त निराश भएका छन् नै, साथै सर्वसाधारणमा विश्वसनीयता कमाउँदै आएको लोकसेवा आयोगमाथि नै प्रश्न उठेको छ।

समाचारका लागि दृष्टि साप्ताहिकलाई धन्यवाद

सहयोग र समन्वयका लागि हार्दिक अनुरोध

नेपालको पत्रकारिता क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील रही हाल नेपालको लोकप्रिय अनलाइन समाचार पत्रिका दैनिकी डटकमका सम्पादक गजेन्द्र बुढाथोकीका लागि एक पावर व्हीलचेयर (इलेक्ट्रिक व्हीलचेयर)को आवश्यकता परेका हुनाले अमेरिका, बेलायत, जर्मनी, जापान वा अन्य युरोपेली मुलुकमा रहनु भएका नेपाली समुदायका व्यक्तिहरुलाई यससम्बन्धी कुनै जानकारी भए सहयोग र समन्वयका लागि आग्रह गर्दछौं। तपाईको अमूल्य सहयोगले दुर्घटनावस अपांगता व्यहोर्नुका बाबजूद नेपालको सक्रिय पत्रकारितामा संलग्न रहिरहने एक युवा पत्रकारको अठोटमा ठूलो योगदान पुर्‍याउने छ।

प्राविधिक जानकारीः
मेरुदण्डमा गम्भीर चोट लागि पक्षघात (मेरुदण्डमा गम्भीर चोट लागी  हाल हिडडुल गर्न नसक्ने अवस्था)

t8 burst fracture, (complete ASIA-A, stablalization operation, facing with paraplegia)

आवश्यकः १६ इञ्चको पावर व्हीलचेयर
नेपालको सडकको अवस्था (खाल्डा, खुल्डी, कच्ची उकालो ओरालो) हेरि उपयुक्त पावर व्हीलचेयर नेपालसम्म पठाउनका लागि लाग्ने संभावित रकमसहितको जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध छ।

सम्पर्कका लागिः
गजेन्द्र बुढाथोकी
धुम्बाराही काठमाडौं
इमेलः gbuhdthoki@gmail.com
my_advt

अपाङ्गलाई क्याम्पसले छुट दिएन

रामेछाप क्षेत्र नं. १ को साँघुटार गाविसस्थित हिमगंगा क्याम्पसले त्यहाँ अध्यनरत अपांगहरुका लागि कुनै सहुलियत नदिएको गुनासो अपांग छात्रछात्राले गरेका छन्।
त्यहाँको गाउँ परिषद्ले आफ्नो गाविसमा रहेका आम विद्यार्थीलाई मासिक शुल्कमा छुट दिने भनी एक वर्षका लागि रु. चार लाख विनियोजन गरेको थियो ।

त्यसबाहेक सर्वोच्च अदालतले २०६४ सालमा अपांगहरुलाई निःशुल्क पठनपाठन गराउने व्यवस्थाका लागि सरकारका नाममा आदेशसमेत जारी गरेको थियो ।

तर साघुँटार क्याम्पसमा भने त्यहाँका अपांगहरुलाई क्याम्पस प्रमुख चन्द्रबहादुर श्रेष्ठ र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार खत्रीले अहिलेसम्म दुई वटै सुविधाबाट वञ्चित गराएको सो क्याम्पस बिएड द्वितीय वर्षमा अध्ययनरत अपांग छात्र डम्बरबहादुर प्रधानले बताए ।

आफूले सर्वोच्चको फैसला देखाएर आफनो अधिकार माग्न खोज्दा क्याम्पस प्रशासनले बिएड दोस्रो वर्षको परीक्षा फर्मसमेत नभराएको प्रधानले गुनासो गरे ।

यस बारेमा आफूहरुले पटकपटक क्याम्पस प्रमुख र प्रधानाध्यापकसँग अनुरोध गर्दा उनीहरुले यो प्राइभेट क्याम्पस भएकाले छुट दिन मिल्दैन भनेर टार्दै आएका छन् ।

त्यसबाहेक २०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट बिएड प्रथम वर्षका लागि अपांगछात्रवृत्तिबापत आएको प्रतिव्यक्ति रु. तीन हजार पनि आफूहरुले हालसम्म नपाएको पनि उनको गुनासो रहेको छ ।

ह्वीलचियरले जीवन

गंगा बराल/काठमाडौँ

photo1article5720काभ्रे, सीमथलीका क्षेत्रबहादुर भण्डारी, ५३, अशक्त छन् । पारिवारिक भरथेग नभएपछि अपांग जीवनमा कठिनाइ थपिने नै भयो । तर, उनले यस्तो कठिनाइको सामना गरेका छन्, पत्रिका बेचेर । ह्वीलचियरमा गुड्दै दैनिक दर्जनौँ पत्रिका बेच्ने उनलाई एक ज्यान पाल्न कसैसँग हात पसार्नुपरेको छैन ।
राजधानीको टेकुस्िथत अम्बे कम्प्लेक्समा बस्ने उनी बिहान सखारै उठेर पत्रिका बेच्न सडक र चोकहरूमा निस्कन्छन् । उनले दुवै खुट्टा गुमाएको एक वर्ष भयो । मधुमेह रोगका कारण ग्याङ्रिङ् भएपछि तीन वर्षअघि दायाँ खुट्टो काट्नुपर्‍योे । एक वर्षअघि अर्को खुट्टो पनि नफाली भएन । भृकुटीमण्डपस्िथत समाज कल्याण परिषद्ले गत असार २८ गते ह्वीलचियर दिएपछि स्वावलम्बी बन्न सजिलो भएको छ, उनलाई । भन्छन्, “अब अरू सामान पनि बेच्नुपर्ला भन्ने सोच बनाएको छु”

सधन्यवाद साभारः नेपाल

अपांगको दैनिक आम्दानी हजारभन्दा बढी

माधव अर्याल/ पाल्पा

उनी सानैदेखि अपांग हुन् । कम्मरदेखि मुनि चल्दैन । खुट्टा पनि पछाडि फर्केको छ । तर उनी सांगले भन्दा राम्रो काम गरेर दैनिक हजारभन्दा बढी कमाइ गर्छन् ।
ती उत्साही अपांग युवा रनबहादुर घर्ती हुन् ।
कसेनीको सराईमा बसेका ३५ वर्षे उनलाई बिहानदेखि साँझसम्म काम गर्दागर्दा फुर्सद छैन । सुरुमा रेडियो र घडी मात्रै मर्मत गरेका घर्तीले अहिले भने साइकल, छाता, लाइट, स्टोभ, मोटरसाइकलसमेत मर्मत गर्छन् ।
६ महिनासम्म निःशुल्क तालिम लिएर उनले सुरुमा १५ हजारको सामग्री निःशुल्क पाएका थिए । अहिले उनले दैनिक ३ हजारसम्म आम्दानी गर्छन् । सबै खर्च कटाएर पनि १ हजार ५ सयसम्म जोगाउने उनले बताए । ‘सीप सिकेपछि राम्रै हुने रहेछ,’ उनले भने, ‘बसीबसी पनि धेरै काम गर्न सकेको छु ।’ साइकलको पन्चर बनाउँदा १० देखि २० रुपैयाँ लिन्छन् भने मोटरसाइकलको ५० रुपैयाँ । छाता छोएपछि ५ रुपैयाँ लिने गर्छन् । बिहान झिसमिसमै पसल खोल्छन् र पनि काम भने भ्याइनभ्याई छ । ‘यो भेगमै यसरी छाता, लाइट, स्टोभ बनाउने ठाउँ छैन,’ उनले भने, ‘त्यसैले पनि मलाई काम धेरै आउँछ ।’
‘सुरु सुरुमा त यस्ताले पनि के काम गर्ला र भनेर पत्याएन्,’ उनले भने, ‘अहिले भने कामको चापले गर्दा फुर्सद नै छैन,’ २०५२ सालमा समुदायमा आधारित पुनःस्थापना केन्द्र -सीबीआर) पाल्पाको सहयोगमा काठमाडौंस्थित खगेन्द्र नवजीवन केन्द्रमा तालिम लिएर फर्किएपछि उनले व्यवसाय सुरु गरेका हुन् ।
पुरानो मोडलको भारत बहराइचबाट निःशुल्क प्राप्त हि्वलचियरमा उनी यताउति डुल्छन् । बासटारी-झडेवा सडकको बीच भागमा भएकाले घरबाटै बसमा चढेर बुटवल भैरहवा पुगेर सामान आफैं ल्याउँछन् । ‘यहाँबाट बस चढ्छु, बुटवल पुगेर रिक्सामा बस्छु, सामान किन्छु अनि फर्किन्छु,’ उनले गर्वसाथ भने, ‘बसका साथीहरूले हेल्प गर्नुहुन्छ, त्यसैले पनि सजिलो भएको छ ।’

सधन्यावद साभारः कान्तिपुर

राजनैतिक अपाङ्ग नेता र हाम्रो राष्ट्रियता

हस्त गौतम “मृदुल”

hasta_gautamjpgसन् १९९३ मा, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रत्यक्ष भेट्ने अवसर मिल्यो। राष्ट्रिय अपांग महासंघको संस्थापक महासचिवको हैसियतले म र अध्याक्ष निर्मल देवकोटा भेटमा सहभागी थियौं। गिरिजाबाबुले हामीलाइ आवस्थ पार्दै भन्नु भो “तपाईहरु आफुलाई मात्र अपाङ्ग छु भनेर हिनताबोध न गर्नु होला। तपाईहरु शारिरीक अपाङग हुनुहुन्छ भने हामी नेताहरु पनि राजनैतिक अपाङ्ग छौं।” यो शब्दले मलाई मनमा आज बेसरी घोची रहेको छ।

हो आज सबै नेताहरु राजनैतिक अपाङग नै रहेछन भन्ने कुरा बल्ल मेरो दिमागमा पसेको छ। हुन पनि रुकुमको आठबीसबाट युद्धको घोषणा गरी शान्तिपूर्वक दुःखमेलो गरी खाइरहेका जनतालाई तहसनहस पार्दै माओवादीको उदय भयो। यसरी मानवताकै हुर्मत लुट्ने माओवादीको आगमनले आज देश नै संकटग्रस्त भइ संवेदनशील अवस्थामा पुगेको छ। देश र जनताको नैर्सगिक अधिकारमाथि नांगो हस्तक्षेप भएको छ। बाँच्न पाउने नैर्सगिक अधिकार्समेत हनन् गरिएको छ। माओवादीको आतंकको छायामुनी त्रास र ज्यादतीको घोर हर्कत ब्यहोर्दै जबरजस्ती आफनो मुठ्ठीभित्र पारेका छन।

उनीहरुको आगमनसँगै देशको धरातलमा भित्री र बाहिरिया शक्तिले चलखेल बढाउदै लगेर देशलाइ अन्योलग्रस्त पारेका छन। आज देशमा जे जति विकृति र विडम्बना भित्रिएको छ त्यो सवै कारण माओवादी नै हो। जातिजातिमा लडाएर, वर्गवर्गमा लडाएर, आस्थाआस्थामा लडाएर अन्तमा हजारौ निर्दोष नागरिकलाइ शहिद बनाए। शहिद हुनबाट बचेकाहरु अपाङग भए। विकासका पूर्वाधार रोकिए र सम्पत्ती जायजेथा हनन् गर े। फरक राजनैतिक आस्था राख्न पाउने अधिकार छिन्दै यदु गौतमलगायत हरिभक्त वली जस्तालाई काटेर रागतको भोग खाए।
अर्काको सम्पत्ती र आस्थामा हस्तक्षेप गरी घोर आतंक फैलाउने माओवादीहरु अझै पनि रगतको भोक खान छाडेका छैनन। भारतले नेपालमा गर्न चाहेको काम माओवादीले सघाएका छन। माओवादी भारतको आणविक बम भएर उस्को सपनालाइ पूरा गरे र जनताको सपनालाइ छियाछिया पारे।

घाइते अपाङ्गहरु उपचार नपाएर, एउटा बैशाखीसम्म जुटाउन सकेका छैनन। जिउमा लागेको गोलीसम्म निकाल्ने अबस्था छैन। आफैले कमाएर परिवार पाल्नु पर्ने नेपालीको जीवनसैलीमा अपाङग भइ अर्काको भर र दयामा बाँच्न बाध्य हुनूपर्दा कति मन रोएको होला। न रोजागरी छ, न बालाबालालाइ रेखदेख गर्ने कुनै आधार छ।
मर्नेहरु त शहिद भए तर अपाङग भएकाले आखिर के पाए? आज सिंगो देश नै अपांग बनेको छ। माओवादीको युद्धबाट एक लाखभन्दा बढी अपांग भएका छन र तिनीहरुको जीवनप्रति आज खेलवाड भएको छ। अपांगहरुलाई समाज र राज्यका बोझ ठान्ने अबस्थामा पुर्‍याइएको छ। कतिका हात काटिएका छन, कतिका खुट्टा छिनाइ दिएका छन, कतिका आँखा फुटाइएका छन अनि कतिको बोली बन्द गरिएका छन। यातना दिएर कतिको मानसिकता नै गुमाएका छन।

देशमा आज उनीहरु नै सर्वेसर्वा हुदा पनि खै त ती घायलहरुलाइ मलम? के यतिका जनता मारेको त्यही सत्ताका लागि हो? हजारौ अपाङ्ग भएको त्यही अंशबन्डाका लागि हो? लाखौ जनता विस्थापित भएको त्यही समानुपातिक चुनावका लागि हो? भाषा र संस्कृति अनि माटोमाथिको चलखेल बढनुमा मायोवादी कै कारण छ।
खै उनीहरुको सैद्धान्तिक माओवाद? माओत्सेतुगंको शवमा श्रद्धाको फूल मैले पनि चढाएको छु तर माओको नाम भजाएर उग्रवादी चिन्तनले देशमा डडेलो लागउने माओवादीहरु नै हुन। यस्तो दानविय हर्कतले विश्व समुदायलाई समेत चिन्तित पारेको छ।

देशले त देशको हिफाजत गर्ने र जनताको आँशु पुछ्नेलाई खोजेको छ। मानवताको हुर्मत लुट्नेलाइ होइन। नैर्सगिक अधिकार छिन्ने लोकतन्त्र चाहिन्न। भविष्यलाइ कुन्ठित पार्ने ‘गनतन्त्र’ चाहिन्न। हामीलाई शान्ति, सम्बृद्धि र सदभावले परिपूर्ण सिंगो नेपाल चाहिन्छ। नेपाली जनताले खोजेको लोकतान्त्रिक गणतन्त्र हो, जहाँ सबैको हक समान हो। सामाजिक सुरक्षा होस। हामी त्यस्ता नेताको र त्यस्तो व्यवस्थाको चाहना गरिरहेका छौं, जसले नेपाललाई उन्नतीको शिखरमा पुर्‍याउने सकोस। जनताको सर्वोपरी हित होस र मानवताको पूर्ण संरक्षण होस।

देश कहाँबाट कहाँ पुग्यो। गणतन्त्रको नाममा हजारौले जीवन बलिदान दिए। खै कता गए शहीदका सपनाहरु? आज देशलाई अपांग बनाउनेहरु नै वास्तवमा तिनै राजनैतिक अपांग हुन। समयले राजतन्त्रलाइ पाखा लगायो। अहिले जुन रुपमा राज्यकोषको दुरुपयोग भइरहेको छ, त्यसले एउटा राजा गए पनि सैंयौं छोटे राजाहरु जन्मेको आभाष दिलाएको छ। एउटा राजा फालेर हजारौलाई राजा मान्न कोही तयार छैनन। कुनै पनि नाममा निरंकुसता हामीलाइ सैह्य छैन। कसैको चलखेल हामीलाइ सैह्य हुनै छैन।
दृष्टिविहीनहरुलाइ ऐना बाँढेर यी नेताहरुले देश चलाउन सक्दैनन। देशले काँचुली फेर्ने बेलामा अन्योलग्रस्त छ। अन्धकार छ, गन्तब्यहीन छ। सत्य यो हो कि कुनै पनि राजनैतिक अपांगको हैसियत छैन भन्ने कुरा जनताले बुझि सकेका छन।

देश जनताको सर्वोपरी हित नै हाम्रो चाहाना हो भनेर अग्रगामी कदम चालेको भए हैसियत कहाँबाट कहाँ पुग्थ्यो। नागरिक सर्वोच्चताका नाममा अहिले जुन किसिमको क्रियाकलाप जारी छ, त्यसले मुलुक भडखालोमा पर्ने पक्का छ। निरंकुश राजनीतिले नै देश र जनतालाई सबैभन्दा बढी अपांग बनाएको छ भने त्यही राजनीतिका पछाडि अब कोही लाग्नेवाला छैनन। विचरा नेताहरु नै सद्धे छैनन् त कसरी अपाङ्ग देशलाइ साङ्ग बनाउन सक्छन? यो सत्य अपांगहरुले मनन् गरेर चित्त बुझाउनु पर्छ। ज जस्ले आफनो राजनैतिक स्वार्थलाइ दाउमा लगाएर अपांग बनाएका छन, तर तिनै पार्टीको सिद्धान्तमा उनिहरुको योगदान र उत्सर्गको सम्बोधन गरिएको छैन। कति सम्म बिडम्बना!!

अपांगहरु आत्मासम्मान र अवसरका भोका छन। यो त केवल स्व. खगेन्द्रबहादुर बस्नेतलाई मात्र थाहा थियो जस्ले आफनो जायजेथा बेचेर पनि, आफू ३०/३० वर्षसम्म ओच्छ्यान परेर पनि देशका हजारौ अपागंहरुको जीवनमा नयाँ जीवन दिनु भो। त्यही बाटोमा हिडे मात्र अपाङ्गहरु सफल हुनेछन ।  अब पनि राजनैतिक अपाङ्गहरुको पछि लाग्नु ठूलो मुर्खता हुनेछ। हामीले आफनो वर्गकै मर्म बुझ्यौ र एक एक अपांग खगेन्द्रबहादुर बस्नेत बनेर यो देशलाइ नयाँ मोडमा पुर्‍याउन प्रयन्न गरौं। अब राजनैतिक फाइदाका लागी जीवन बर्बाद नपारौं। भविष्यको सुरक्षा गर्नेनै को छ र?  त्यसकारण अब अपाङ्ग नेताहरुको पछि होइन आफनो क्षमताको पछि लागेर देशलाई सबल बनाउन अघि बढौं। जबसम्म शारिरीक अपांगता भएकाहरुले राजनैतिक अपाङ्गहरुलाइ डोर्‍याउन सक्दैनौ तबसम्म अपाङ्गहरुको जीवनमा कुनै उथलपुथल हुने छैन।

आफनै क्षमताले काँचुली फेरौ। देशमा लोकतन्त्र आओस कि गणतन्त्र कसैबाट पनि अपांग मात्रको सर्म्बद्धन हुने छैन। जबसम्म जनता आत्मसम्मानूुर्वक बाँच्न पाउदैनन तब सम्म ती केबल हात्तिका देखाउने दाँत मात्र हुन। अपाङहरुले उचित स्थान न त राजतन्त्रमा पाए न त गणतन्त्रमा नै पाउछन। बौद्धिक अपांगहरुले भरिएको यो देशमा अरु अपांगहरुको हैसियतमा परिवर्तन खोज्नु नै मुर्खता हो। शायद यही सत्यलाइ मनन गरी गिरिजाबाबुले “हामी नेताहरु पनि अपांग हौ” भनेर अबगत् गराउनु भएको थियो।
मात्सेतुङको बैशाखीमा हिन्ने हैसियत पनि गुमाएका माओवादीमा आफनो क्षमतामा हिन्न सक्ने साहास रहेनछ। मा‌ओवादीले पनि उही वीरबलको खिचडी पकाएर जनतालाइ बेवकुफ बनाउनेभन्दा अरु गर्न सकेन्।  आ—आफनो सिद्धान्तबाट विचलित नेताहरु, जबसम्म अरुको “सैद्धान्तिक बैशाखी” टेकेर हिड्न छोडदैनन तबसम्म नेपाल र नेपालीको भविष्य सुरक्षित हुन सक्दैन। जबसम्म आफनो खुटटामा उभिन खोज्ने नेता जन्मिदैनन तबसम्म देशबाट संकट टर्दैन। असफल नेताहरुबाट सफल राष्ट्र बनाउन समभव छैन। किनभने ब्यक्तिगत स्वfर्थ र लाभभन्दा माथि उठेर हिन्न सक्ने क्षमता हाम्रा राजनैतिक अपाङ्ग नेताहरुमा छैन। अहिलेको अवस्थामा लोकतन्त्र भन्नेहरु धृतराष्ट्र, गणतन्त्र भन्नेहरु दुर्योधन, राजतन्त्र भन्नेहरु सकुनी भएका छन। यस अन्योलग्रस्त राजनैतिक महाभारतको युद्धमा जनता धेरै दिन द्रोपदी बनी रहन सक्दैनन्। सबैलाई चेतना भया

(लेखक राष्ट्रिय अपांग महासंघका संस्थापक महासचिव हुनुहुन्छ)

Chandra Rekha& her life rekha-s

GUNA RAJ LUITEL

“Dai, I want to visit your office,” she said over the phone. “Could you please meet me at Kathmandu Mall?”

Leaving my office at Sundhara, I found her on the steps to the mall. “Let’s go,” I said. She recognized my voice and greeted me humbly, “Oh, you’ve arrived!”

She picked up her stick and slung her white handbag over her shoulder. Holding her left arm, I brought her to my office.

I met Chandra Rekha Shrestha, a visually impaired girl, en route to Shanti Nagar several months ago. She was walking down the road with her white stick, and I saw she was about to walk into a muddy pothole. Had she continued, she might have tripped and fallen, or at least muddied her dress.

Not wishing this to be her fate, I stopped my motorbike and called out, “There´s a pothole in front of you, Bahini. If it’s all right with you, I’ll take you to your place.”

She happily accepted. I took her plastic bag so she could climb on my motorbike, and we drove to her destination. Having just met, we spoke briefly about her profession and studies, and I discovered she was on her way to Tinkune for a teacher´s training program.

Chandra had called me a couple of times since our chance encounter. However, I had been unable to meet her due to my busy schedules.

Finally, reuniting at the Kathmandu Mall, she said, “If you hadn’t given me your business card, I wouldn’t have called you.”

We talked about a range of issues, and I came to discover that Chandra possessed a deep and diverse knowledge which would challenge that of many physically fit people.

The visually-impaired are at unavoidable disadvantages when it comes to learning. It is due to the lack of reading materials published in Braille. Unfortunately for Chandra, her love of study has always been hampered by the inaccessibility of study materials. Computer-based listening materials are available for the visually impaired, but this is a luxury for her.

Having come from Dhulikhel, one of Kathmandu’s neighboring towns, Chandra passed her School Leaving Certificate examinations in 1992. Since then, she has completed further studies, including a computer course and self-living training, in India. Sadly, due to lack of time and resources, Chandra was unable to continue her education to Master´s level.

Although she has a mother and three brothers and sisters-in-law in her family, Chandra has been living on her own for the past year. She cooks for herself and washes her own clothes while managing to teach every morning at Anam Nagar’s Rudramati Primary School. As a health and physical teacher, she teaches the schoolchildren exercises which they enjoy a great deal.

Kathmandu is not a friendly city for the visually-impaired or other physically-challenged persons. Thousands of motorbikes and cars compete on the road, yet very few stop to assist those with disabilities reach their destinations. I can only imagine how difficult these people’s lives must be when even able-bodied people find themselves lost in this merciless city.

So how does Chandra cope? Through imagination and memory. While doing her household chores, she tries to remember people, places, and things, and their orientation to her world in order to manage her daily life. She is a courageous and confident person, telling me that she made the decision to live alone after her brothers said they would take turns looking after her each month. Chandra felt this would hurt her self-esteem and would prefer to be independent.

Chandra’s main source of information is through her FM radio, learning about various issues as they are broadcast. Inspired by the power of radio, she took training to be a radio anchor, and thus hopes to be a radio program presenter one day. She would also like to own listening books to increase her knowledge, even though these are rarely available in Kathmandu.

Chandra lost her eyesight as a baby and had to learn how to survive at an early age. Although her entire world is shrouded in darkness, she keeps the light in her home switched on for the sake of others. “I think I shouldn’t keep my home in darkness, so I switch on the light.”

We talked for a long time about her life and aspirations. When she mentioned her desire for further studies, I suggested a college near her home.

Although Chandra is a great lover of dramas and her home is near the Gurukul Theater, she has never had the chance to visit there. She asked if I would take her to the theater one day, and I have promised to do so.

After visiting my office, we went to a restaurant. She loved the momos and coffee, eating each momo gently with a fork and sipping her coffee, explaining, “Noble people drink coffee this way.” I smiled at her sense of humor.

I described the scene around us as we set off on my motorbike to her home. This made her happy, remembering the Bollywood movie “Anuraag”. I have not yet had the chance to see this film, but I will watch it one day.

The next time I saw Chandra, I was accompanied by my photojournalist colleague Chandra Shekhar Karki. I wanted to interview this inspirational woman. She was happy, but said, “I don´t want our relationship to be one of a journalist and a subject to write about, but a sentimental relationship.”

Thank you, Chandra Rekha. You have reminded me of what truly matter in life but are mostly lacking in our city. Sometimes we journalists also forget the sentiments of the very people we write about.

Courtesy: Republica/The Week

Follow

Get every new post delivered to your Inbox.